Apr 16, 2017

Chasing Gurans in Dolakha!

Just scroll down to see 25 photos that will convince you to visit Dolakha this April.

Following on the footsteps of my cousin gang, I too finally took that much mandatory trip to Dolakha-Kalinchok-Kuri village. And I was not disappointed...specially considering I had to wait for 2 years after my initial plan because you know the earthquake and all. 😆

If you haven't been in this place already or have never thought of taking the pain to, let me change your mind with the following photos:












 All the rhododendron shots are taken in a place called "Lakuridanda" just after Kharidhunga. This rhododendron grove is the easiest to access from the main road, but if you have time and feel like hiking there are plenty of options along the highway and more off of it.
Welcome to the unreal that is Kuri Village.

View from Kalinchok Temple top


Had to do an obligatory temple shot-this is the Kalinchowk temple

can't put your phone/camera down...such is the appeal

hello urm bye Kuri

can't put your phone/camera down...2

some beautiful ground flowers 


Gaurishankar and friends

That dense town down there is Charikot

can't put your phone/camera down...3

Mt. Melungtse while Gaurishankar is veiled nicely by the white rhododendron
It is a very budget travel, specially if you go in groups. The most expensive was hotel in Kuri village itself where a room with 2 double beds cost Nrs. 1000. But the food was not that expensive. Along the highway to Charikot, everything is very normal priced. So don't worry too much about money- it is one of the most affordable and doable trip (of course I am thinking from a Kathmandu vantage point). Charikot is about 150 kilometers drive from Kathmandu(mostly black topped fine road) while Kuri village is about 17 kilometers from Charikot(uphill and dirt road). From Kuri, the temple is located about 1 hour climb up in a cliff. People generally start early from Kathmandu and reach Kuri around afternoon/evening then do the hike to temple in the morning, do other touristy stuff like take photos hike around Kuri village and return the same day either to Kathmandu or down below to Charikot. Choice is yours-the trip can be finished in 2 days if you really wanted but 3 days is the most comfortable way to go.

Jul 20, 2016

संघर्श, चुनौती अनी कथा फरक यौनिकता भएका बद्री दाईको

गत हप्ता बद्री पुनको जीव कथा र नेपाल मा LGBTI को आन्दोलनको बारेमा कुराहरु सुन्ने मौका मिल्यो । त्यस बसाइमा बद्री पुन र ज्योति थापा दुई जनाबाट नेपालमा LGBTI त्यस्मा पनि transgender समुदायको बारेमा धेरै कुराहरु सुन्ने बुझ्ने मौका मिल्यो । यती गहिराइमा मैले यो बिषयमा प्रस्तुती सुनेको पहिलो पटक थियो । उक्त प्रस्तुती अरुलाई पनि जानकारी मुलक हुने लागेर यहाँ केही भाग सम्पादित text को रुपमा र पुरै प्रस्तुती भिडियोमा राखेको छु । 
Badri Pun (L) and Jyoti Thapa (R)
“१. २०४४ सालमा गेम खेल्दा खेरि हामी पुरुष स्वभाव भएको एक समुह थियौं राम्री केटी देख्नै नहुने खोसाखोस गरिहाल्ने । अरु कुरा थाहा थिएन । 

२. २०४६ मा बहुदल आउँदा सम्म पनि एकदम हेला गथ्र्यो । काठमाण्डौंमा सामाखुशीमा एउटा कोठामा भाडामा बसेको थिएँ । त्यहाँ साथीहरुले केटी ल्याउने गर्थे । एकदिन एकजना साथी (transgender) केटी खोसेर लग्दा हामी लिन गयौं तर पुलिसले यस्तरी कुट्यो कि एक हप्तासम्म त विरामी नै भयौं । त्यतिखेर बेस्मारी दुःख लागेको थियो ।

३. त्यतिखेर मैले महशुस गरें यो पुरुषसंग नै विहा गर्नपर्छ भन्ने सिस्टम को विरोधमा भएँ । तर त्यतिखेर सम्म पनि समलिंगी विहे भन्ने दिमागमा नै थिएन ।

४. ब्लु डाइमण्ड सोसाइटीको बारेमा सन् २००५ मा मात्र थाहा पाएँ । त्यहाँ जाँदाखेरि बल्ल मैले आफू जस्तै अरु धेरै मान्छेहरु भेटें । 

५. ब्लु डाइमण्डले त्यतिखेर तेस्रो लिंगीको पहिचान भनेर लागेको थियो । मलाई चैं महिलासंग विहे गर्न पाउनु पर्ने अधिकार चाहिएको थियो । केटीको अंग लिएर जन्मिए पछि केटा नै विहे गर्नुपर्छ भन्ने कहाँ लेखेको छ ?

६. यसरी पहिचान र समलिंगी विहे दुइटा मुद्धामा हामी लाग्यौं । सर्वोच्च अदालतले पनि पहिचानको पक्षमा फैसला गर्यो ।

७. तर समलिंगी विवाह भने हालसम्म पनि वैधानिक भएको छैन । हाम्रा सभासदहरुले नर्वेमा गएर अध्ययन गरेर रिपोर्ट पनि तयार भएको छ । तर त्यो सार्वजनिक गरिएन । प्रम कार्यालयमा मुख्य सचिवको कार्यालयमा नै त्यो ड्राफट थन्किएको छ । फेरि अदालत जान्छु भनेर मैले अरु पनि साथीहरु लगेर जाँदा भनेपछि एकदिन मिटिगं राखेर हामीलाई देखाइयो । अनेक मन्त्रालयबाट स्विकृति लिनुपर्ने समन्वय गर्नुपर्ने यस्तै भनेर सार्वजनिक गरिएन । त्यस ड्राफटमा समलिंगी विवाह स्विकृत गर्नु भन्ने थियो । 

८. त्यसपछि नयाँ संविधान आयो अनि यो नयाँ कता के गर्ने भनेर त्यही बहानामा उक्त draft त्यत्तिकै थन्काइयो । 

९. धेरै ब्लु डाइमण्डका साथीहरु संयुक्त अनि एमाले हुँदै अहिले नयाँ शक्तिमा जानुभएको छ । यसमा दुइटा कुरा छ । एउटा घरमा सुरक्षा नभएर अर्को घरमा सरेको हो । तर अर्को पाटोमा विरालोले गुँड सारेको जस्तै पनि भएको छ । 

१०. म एमालेमा छु तर मलाई पनि चित्त बुझेको छैन । मैले सुनेको एमालेले नै हाम्रो समुदायको draft को कुरा forward नगरेको हो । मैले एमालेमा गएर कुरा गरें । यो कुराले त पार्टीलाई नै पनि घाटा लाग्छ किन यस्तो गरेको भन्दा संविधानको धारा १८ र ४२ मा हालेको छ तपाइहरुलाई त्यो भन्दा तपाइहरुलाई अरु के चाहियो भन्ने जवाफ आयो ।

११. त्यो दुइटा धारा भनेको समानताको हक र सार्वजनिक न्यायको हक हो । कसैलाई पनि समान अवसरबाट वन्चित गरिने छैन र पछाडि परेका महिला, जनजाति, अपागं, किसान, युवा आदि अनेकौं समुदाय यो सबैहरुलाई समावेशिताका आधारमा समेटिनेछ भन्ने हो । यतिले मात्र हामी फरक यौनिकता भएकाहरुको खास मुद्धालाई कहाँ समात्छ त?

१२. यही सिर्फ २ वटा धारा छ । मलाई पनि चित्त बुझेकै छैन । पहिले २०४७ संग तुलना गर्यो भने पहिले केही थिएन खाली हिंसा थियो हामी प्रति । ६२/६३ पछि मानव अधिकारको आँखाबाट हेरियो र तुलना गर्दा राम्रो भएको छ । तर यतिले मात्र अझै पुग्दैन । 

१३. मात्र “खाइदिइस्” भन्दा अँ भन्ने मात्र भयो । किन यस्तो भयो भन्दा खेरि हामी विच नै एकता छैन । 

१४. मेरो भविष्य खै ? ४० वर्ष काटिँसके । मेरो सोच जो सग बाँच्दा जिउँदा मलाई सहज हुन्छ उसैसंग जिन्दगी विताउन पाउनु पर्यो । भट्टिमा एकछिन चिया खाएको जस्तो हो र जिन्दगी ? यो लामो जिन्दगी विताउन त आफुले रोजेको कुरा हुनु पर्यो नि । त्यसकारण मैले रोजेको मान्छेसंग जिन्दगी बिताउन पाउनु पर्छ भन्ने मेरो इस्यु हो ।

१५. मैले नागरिकता लिएर फर्कदा मेरै एकजना साथीले सोधे, “what is third gender, we dont know!” आफुले त्यत्रो संघर्ष गरेर पाएको अधिकार उपभोग गर्ने बेला साथीहरु यस्तो विचार राख्नुहुन्छ ।

१६. हामीले Miss Beauty र Mister Handsome पनि गर्यौं ।

१७. HIV AIDS कार्यक्रम को लागि World Bank/UNDP बाट ठुलो बजेट आयो । तर त्यसले लेस्बियनलाई कतै पनि छोएन । दश कोष टाढाको heterosexual डाक्टर, कर्मचारी छ अनि कहाँ बाट हुन्छ त ? लेस्बियनलाई किन समाबेश नगरेको भन्दा लेस्बियनलाई एड्स हुँदैन भन्यो । म जस्तो transgender कति drug user छ उनीहरुलाई हुँदैन एड्स ? कति bisexual छन् , यता बुढा छोराछोरी भएर पनि उता तरुनी लिएर हिँड्ने । उता बुढी छोराछोरी बनाएर पोइ सँग हिड्ने छ । उनीहरुलाई हुँदैन एड्स ? नहुने कुरै छैन ।

१८. ल त एड्स को भैगो reproductive health को फोकस गर न भनेको प्राय को पाठेघर भए पो कार्यक्रम गर्ने भन्छ । तर हामी जस्तो को कति समस्या छ । पाठेघरबाट रगत बग्ने , महिनावारी नहुने, छातीमा गिर्खा हुने । कति त विदेशबाट फर्किएर आउनु परेको छ । 

१९. म पुरुष स्वभावको छु तर मेरो अंग महिलाको छ । यहाँ मेरो साथी ज्योति उसको अनुहार यति राम्री छ अंग भने पुरुषको । प्रकृतिले नै यस्तो ठगेको छ हामीलाई । ठ्याक्क उल्टो । समाजले पचाउँदैन हामीलाई, घरबाट निकाल्ने, स्कुल समाजमा अपमान गर्ने । थाइल्याण्ड मा खोजी खोजी राख्छ हामी जस्तोलाई तर यहाँ सामान्य रेस्टुरेन्टमा पनि काम दिंदैन । 

२०. LGBTI को कुरा मानव अधिकार वालाहरुले पनि उठाउँदैनन् । हामी ओझेल ओझेल हुँदा हुँदा यो साल त बजेट पनि छुट्याएनन् । बाबुरामको पालादेखि छुट्याएको केपीले पनि सम्बोधन गरेको थियो तर बजेट भने छुटिएर आएन यसपालि ।

२१. समाज कस्तो छ भने । ज्योतिले अहिले कपाल काटेर गयो भने जस्ताको तस्तै हुने उसलाई छोरा नै हो भनेर स्विकार गरिहाल्ने । तर म म्याक्सी नै लगाएर गए पनि किन काटिस् कपाल ? अहिले विहे गर भनेर हैरान । पुरुषबादी समाज यस्तो हुन्छ ।

२२. १४ देश घुमेको अनुभव छ । त्यहाँ पनि मैले पुरुषवादी समाजले कसरी काम गर्छ देखेको छु । Gay भन्यो भने फालाफाल कार्यक्रम । Lesbian लाई मुश्किलले त्यही १५ प्रतिशत जति कार्यक्रम जान्छ । जहाँ पनि पितृसत्ताले यसरी गाँजेको छ । त्यस्तोमा हामी झन फरक यौनिकता भएकालाई कति गाह्रो छ । समाजमा स्विकार छैन, विस्थापित भएर बस्नु परेको छ । छोरीको हिसाबमा न त हामीलाई अंश छ न त राज्यमा अवसर छ । Gay/Transgender Male लाई त अहिले कपाल काटेर एउटा केटी ल्यायो भने आखिर मेरो छोरा त छोरा नै हो नि भनेर तुरुन्त स्विकार्छ ।

२३. राज्य, अधिकारवादी, कसैले साथ दिंदैन हामीलाई । समाजमा स्थापित हुने हो भने हाम्रो एउटा मात्र विकल्प भनेको लडाइ गर्नु नै हो । राज्यसंग हाम्रो अधिकारको लागि संघर्ष गर्नु नै पर्छ । त्यसकारण तपाइहरुले पनि हामीलाई साथ दिनुपर्छ । अहिले यहाँ उपस्थित जति जना हुनुहुन्छ सबैले सबै फोरममा LGBTI को कुरा राख्नु भयो भने त्यसरी नै फैलिदै जानेछ र घर घर सम्म पुग्नेछ र सबैले हाम्रो कुरा थाहा पाउनेछन् । हाम्रो संघर्ष र आन्दोलनको लागि भविष्यमा यो कुरा पनि धेरै धेरै सहयोगी हुनेछ । “

बद्री पुन को प्रस्तुतीको महत्वपूर्ण हरफहरु सम्पादन गरी राखिएको । कृपया पुरा प्रस्तुती सुन्नको लागि तलको भिडियो  हेर्नु होला । 

Feb 16, 2016

Oct 26, 2015

Different in our similarity

"I wanted nothing more than to be a Nepali."

"I wanted nothing more than to serve my country."

"I wanted nothing more but to get some rights and dignity in this country."

"I wanted nothing more but to gain some recognition through my work."

"I wanted nothing more but my children to have at least a better future than me."

"I wanted nothing more but to provide for my family."

"I wanted to feel like this land belonged to me too."

"I wanted to feel like I did some good for this country too."

"I had a long plan for my life."

"I had a long plan for my life."

"I had never thought that one day I would pelt someone to death with stones."

"I had never thought I would be a cold blooded murderer."

"I had never thought that I would stop seeing another person as a person but as an obstacle to be removed."

"I had never thought I would stop seeing another person as a person but as a threat to be put out and controlled for good."

"After this andolan was over, I would start building what I had planned since a long time ago."

"After this andolan was over, I would take a break and go home to my family for a few days."

"After this andolan was over, I would start working on my other dreams of having a decent life."

"After this andolan was over, I would start working on my other dreams of having a decent life."

And maybe so on went the conversations between those who lost their lives either as an andolankari and a prahari as they made their way together into the other world.

Nobody thinks that they will die useless. Nobody thinks that they will die a murderer. Despite our outwardly differences, we are all similar in wanting the basic things in life- of a pursuit of happiness.

But there is a division within us which is larger than the infinite distance that universe creates within itself. 

Oct 14, 2015

In Which I challenge Austin Meyer & Nick Kristof!

So many facts skipped over and simply wrong in this article by New York Times titled "India Dampens Nepal's Celebrations" that even opening up the link a second time tires me up. Really "international" journalists- you have to make such sweeping blanket statements regarding the state of my country which is not only ignorant but almost offensive? Even to go through it once more for a mere blog piece is an effort for me in practicing perseverance. To put it mildly, like I tweeted, this is a great example of "parachute journalism". Add to that, the parachute lands in an extremely small section of the country and comes in contact with only a handful of people who are from the same circle. What if the situation in USA is judged just by looking at Donald Trump's tweets or by following the Kardashians? A nation is always a complicated, dynamic thing. Even Nepal is not so simple. It is not just "water buffaloes" debating each other. You can actually view and "live tweet" US democratic debate or any other world event for that matter even when you are in Nepal. But clearly Nick Kristof either did not try that hard to see the debates, or he couldn't let go of that supposedly humorous (but again offensive mindset from an era far gone) reference to water buffaloes in his tweet about Nepal.

Oct 3, 2015

पानी परेपछिको आकाश खुले झैं




“हैट, तपाइहरु त राई हुँदै होइन !”

तेस्रो चोटि पनि तपाइहरु राई नै हो भन्ने उनको प्रश्नमा मैले “हो त” भन्ने उत्तर दिदाँ हामीसंग पागंबोचेदेखिसंगै यात्रा गर्दै गरेकी कुलुङ राई बहिनीले पत्याउदै नपत्याएर यसो भनेको थिइन् । बिहान करिब ८ वजे फेरिचेबाट बाटोभरि फुलेको सुन्दर फुल, हरियो घाँसे मैदान, निलो आकाश र खुलेको हिमाल हेर्दै नाम्चे हिंडेको हामीले उनलाई तल्लो पागंबोचेमा भेटाएका थियौ । फेरिचेकै एक होटलमा काम गर्ने उनी आफ्नो होटल साहुनीको खुम्जुङमा भएको घरबाट केही सामान लिनका लागि डोको बोकेर बाटो लागेकी रहेछिन् । हामी दुई बहिनी काठमाण्डौबाट घुम्न आएको त्यसकारण फोटो खिच्दै र बिसाउँदै अनि वहाँ भने डोको रित्तै किन लाने भनेर साहुनीले कामीकोमा तिखार्न पठाएको फलामे औजारहरुको गर्‍हुङो   भारी टेकाउँदै लगभग उस्तै गतिमा हिंडिरहेको थियौं । बारम्बार विसाएर सुस्केरा हाल्ने ठाउँहरु एकै भएपछि मैले पनि एक बसाइमा सोधिहाले

 “बहिनीको घर कता ?”



तल्लो सोलुखुम्बुमा कुलगं राईहरुसंगको करिब डेढ वर्षे उठबस र एक हप्ताको माथिल्लो सोलुखुम्बु (खुम्बु वा सगरमाधा आधार शिवि रक्षेत्र)को अवलोकनबाट मलाई प्रष्ट भइसकेको थियो कि काँधमा ठुलो ठुलो भारी बोकेर हिंड्ने महिला वा पुरुष प्राय तल्लो क्षेत्र जस्तै वुंग, छेस्काम, गुदेल इत्यादिका कुलुङ राई हुन्छन् । हाम्रो सहयात्री बहिनी पनि त्यही कुनै क्षेत्रको होला भन्ने अनुमान गर्दै सोधेको नभन्दै बुगंको कुलुङ राई रहेछिन् । आमाबुवा दुवैको मृत्युपछि पढ्न पनि नसकेर अनि घरको आर्थिक स्थिती पनि दयनिय भएकोले अरु साथीहरुको लहलहैमा करिब ३ वर्ष अगाडि खुम्बु छिरेको कथा रहेछ उनको । ३ वर्षको आफ्नो खुम्बु बसाइमा उनले प्राय भेटेकोे राई चाहे सोलुखुम्बुको होस् वा छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा आदिको- प्राय चाहि कि त भारी बोक्ने कि त होटलमा काम गर्ने भएकोले रहेछ हामी नितान्त घुम्ने मात्र उद्देश्यले सानो झोला अनि अलिक "शहरिया" लवाइ भएको दुइ केटीलाई राई नै हो भनेर पत्याउन उनलाई हम्मे हम्मे भयो ।  
नेपाली जापानिज टुरिश्ट  निर्मला  

“भुइचालोले त हाम्रो घर पनि भत्केको छ रे तर साहुनीको यहाँ थुप्रै कर्मीहरु लगाएको छ होटल बनाउन, अनि यसपालि घर नजाउ भन्नु भएकोले गइन” अफसिजनमा पनि किन घर नझरेको भन्ने प्रश्नमा सोझो हिसाबको उनको उत्तर आयो । उनको साहुनीको मात्रै हैन लगभग ११ दिनको खुम्बु यात्रामा हामीले प्राय जसो सबै घर र होटल नै भुँइचालोले नराम्रोसंग भत्किएको देख्यौं । हामीलाई आफनो घर चौरीखर्कको पुजामा निम्तो दिने सहकर्मी छोक्पा दिदीको ३ तले घर नै ढलेर आधी तले भएको थियो । हामीले वहाँको घरमा पाहुना लाग्दा आधा जस्तापाता र आधी पाल जोडेर बनाइएको अस्थायी टहरामा नै रात वितायौं । पालको बास, ढलेको घर, चर्केको चैत्य र गुम्बा अनि जताततै लडेको ढुंगाको थुप्रो – चौरीखर्क टेक्ने वित्तिकै यी दृश्य देख्दा मनमा कम्ती नरमाइलो लागेको थिएन तर मानिसहरुको आँखामा निराशा र दुख एउटै देखिएन । छोक्पा दिदी र हामीलाई देख्ने वित्तिकै वहाँको बहिनी लगायत छिमेकीहरु नजिकैको घाममा टल्किएको खुम्बिला हिमाल जत्रै हाँसो लिएर भेला हुनुभयो र भुँइचालोको बेला कसले के रमिता गर्‍यो सुनाउन थाल्नुभयो । शेर्पा समुदायले प्रत्येक साउनमा गोडमेलका बखत मारिने किराफट्याँग्राको ज्यान लिएकोमा क्षमा पुजा स्वरुप गुम्बा–गुम्बामा गर्ने न्युउने पुजाको लागि हामी चौरीखर्क पुगेको थियौं । चौरीखर्कमा यतिखेर सम्म पनि सबै जना अस्थायी टहरामा बसीरहेका छन् । त्यस्तै अस्तव्यस्त बसाइ भएपनि वहाँहरुको आफ्नो धर्म सस्कृतिप्रतिको सद्भाव र माया कति गहिरो भने सबभन्दा पहिले त्यहाँका गाउँबासी सबै मिलेर भत्केको गुम्बालाई मर्मत गरेका रहेछन् ।
A photo posted by Heema Rai (@heemarai) on

निउने पूजा 

सरकारी राहत र पाल त देखिएन तर सगरमाथा पदयात्रा क्षेत्रमा भएकाले धेरै विदेशी संस्था र व्यक्तिले भने मनग्य सहयोग गरिरहेको भेटायौं । मानिसहरु पनि आफ्नै खर्च र बाहिरी सहायताको भरमा धमाधम घर र होटल मर्मत गरिरहेको भेटियो । करिब ४ दिन पुजामा रमाइसकेपछि पाँचौ दिन हामी नाम्चे बजार र सगरमाथा पदयात्राको अरु केही भाग घुम्नका लागि त्यसतर्फ लाग्यौं । असार साउनको मौसम भएकोले जताततै हरियाली थियो । बाटोभरि अनेकौं रंग र प्रकृतिका जंगली फुलहरु फुलेका थिए । त्यो अनुपम हरियाली, फुलहरुको मेला र घुम्ती नै पिच्छे पहरामा छङछङ बगिरहेको सुन्दर झरनाहरु ‘अफसिजन’मा आएकैले देख्न पाएका थियौं ।

बाटो रमाइलो गरी कटेपनि ठाउँठाउँमा घरहरु लडेकोे र चर्किएको देख्दा मनमा नमिठो पनि लागिरह्यो । विशेष टोकटोक भन्ने ठाउँमा भुकम्पले कमजोर पारेको भुबनोटमा हालसालै पहिरो गएर घरहरु पुरेको दृश्य डरलाग्दो थियो । माटोको ढिस्कोबाट ढोका, कुर्सी जस्ता अवशेष चिहाइरहेको भए पनि घरको गाह्रोसम्म देखिदैन थियो । त्यसकै करिब १ घण्टाको दुरीमा बेंकर भन्ने ठाउँमा हामीले खाजा खाएको घरभित्र नै बडेमानको ढुँगा पर्खाल छेडेर आइपुगेको रहेछ । आङ्ग नै सिरिगं हुने तर साहुनी भने निर्धक्क सुनाउँदै हुनुहुन्थ्यो कि त्यो ढुंगा आकाशबाट खसेर आइपुग्यो । त्यस होटलमा एक जना जर्मन नागरिक आएर बिजुली बत्तिको वाइरिगं मर्मत गरिदिदै  थिए । त्यही घरको ज्वाँइको साथी रहेछन् । हामी चौरीखर्कबाट आएको थाहा पाएर उनले सोधे, “के त्यहाँ सबै चिज सामान्य छ ?”
यही ढुङ्गा को छेउ छाउ बसेर खाजा खाइयो । 

“भत्केको घर, पालमा बसिरहेको मान्छेहरु अनि प्रत्येक जसो रात मुसा र सर्पसंग पौठेजोरी खेल्दै सुत्नुपर्ने अवस्था सामान्य हो भने सामान्य नै छ” मैले अलिक हाँसो गर्दै भने । तव उनले भने अहँ त्यो सामान्य हैन अन्यन्त दुखदायी हो । र फेरी उनले आफ्नो घरपतिको प्रशंसा गर्दै कस्तो निडर मान्छे होला उनकै आँटले म पनि तेङ्बोचे गुम्बासम्म घुमेर आएँ निकै क्षति पुगेको रहेछ तर विहान हिमाल हेर्न निकै सुन्दर छ भनि आफ्नो कुरा राखिहाले । हुन त हामी खुम्जुङसम्म मात्र हिडेको थियौं । उनको कुराले अलिक परसम्म विनाश र प्राकृतिक दृश्य दुवै नियाल्ने लालसा जागेर आयो ।


‘सगरमाथाको प्रवेशद्धार’ नाम्चेबजार टेक्ने वित्तिकै त्यहाँको पुरानो विशाल स्तुपा भेटिने रहेछ । तर त्यो स्तुपा पनि भुइचालोले नराम्रो संग चर्केको देख्दा फोटो खिच्न मन भारी भइरहेको बेला केही पर एक हुल कर्मीहरु यसैको मर्मतको लागि ढुंगा कुट्दै गरेको देखेर भने मन फेरि फुरुगं भयो । स्तुपा मर्मत गर्ने जिम्मा छोक्पा दिदीको नाम्चेका साथी छिमी काल्देनले लिनु भएको रहेछ । वहाँ जस्तै धेरै खुम्बुवासी यसपाली अफसिजनमा पनि गाउँमै वसी पुनर्निर्माणमा तल्लिन भएर लागेको भेटियो ।
नाम्चेको स्तुपा

पाङ्बोचेको स्तुपा 


खुम्जुङबाट साथी छोक्पा चौरीखर्क फर्किए पनि म र अर्को साथी निर्मला भने यात्रा लम्बाउँदै आधारशिविर नजिकैको गाउँहरु फेरिचे र दिगंबोचेसम्म घुम्न पुग्यौं । तेगंबोचे गुम्बा साँच्चै ति जर्मन साथीले भनेको जस्तो गरी नराम्ररी भत्किएको रहेछ र यहाँ पनि गुम्बा अनि वरपरका होटलहरु जोडतोडले मर्मत हुँदैरहेछ । रातभरि पानी परेर विहानीपख आकाश खुलेपछि सगरमाथा र आमादब्लम हिमाल टलक्क टल्किएको थियोे । यसैको काखमा सुतेको तेंगबोचे, भुँइफुलले ढकमक्क ढाकेको घाँसे मैदानमा चरिरहेका शान्त चौंरी र घोडाहरु अनि जति हेरे पनि नअघाइने निलो आकाश देखेपछि हामीलाई “उहिले गुरु रिम्पोचेले किन यो स्थान छान्नु भएको भन्दा यो चाँहि लुकेको स्वर्ग अथवा बेयुल हो अरे” भनि त्यही तेंगबोचेका एकजना लामा दाईले सुनाउनु भएको किवंदन्ती साँच्चीकै हो जस्तो लागिरह्यो । असार साउनलाई किन अफसिजन भनेको होला जवकि अहिले प्रकृति सबैभन्दा खुलेको छ भन्ने पनि लागिनै रह्यो । अर्को साथी निर्मला बेलाबेला केटाकेटी जत्तिकै फुर्केर भन्थिन्, “हामी जत्तिको भाग्यमानी त कोही पनि छैन होला । यति सस्तोमा बस्न खान पाउने फेरि यस्तो हरियाली, झरना, फुल अनि हिमाल सबै हेर्न पाउने त हामी मात्र होला !”
सार्है खुशी निर्मला चरा सँग उड्डै 

अफसिजन त्यसमाथि भत्किएको घर र होटल भएपनि हामीलाई बास र गाँसको कुनै समस्या परेन । बरु उल्टै नेपाली यसरी घुम्न आएको भन्दा धेरै सहयोग र छुटहरु पाइयो । सगरमाथा पदयात्रामा क्षति नभएको हैन भएको छ तर पर्यटक नै हाम्रो बाँच्ने आधार हो भनि जानेका खुम्बुवासीहरु दिनरात पुनर्निर्माण कार्यमा व्यस्त छन् । भुँइचालोले हल्लाएको खुम्बुमा सबैभन्दा चर्को आवाज कर्मीहरुको छिनो बजेको आउँछ । देशविदेशमा के सगरमाथा क्षेत्रमा अर्को मौसम टुरिष्टहरु आउलान् भनेर अनेक विश्लेषण भइरहेको बेला यहाँको निर्माण गतिविधी हेर्दा त्यो पिर कतै देखिदैन । वा बिषम परिस्थितीमा पनि सामान्य भएर जिउने कला यस हिमालि भेगका समुदायको जीवनपद्दती नै भएकोले हुन सक्छ बिपत्तीमा पनि  लगन का साथ पुनर्निर्माणमा जुटेको । अन्य कुनै उपाय पनि त छैन । सरकारको राहत र सहयोग यहाँ पुग्नु धेरै अगावै नै मलाई यहाँ का समुदाय तङ्री सक्नेछन भन्ने लागेको छ । तल्लो सोलु बासीहरु हुन् या माथिलो खुम्बु बासी; भारी बोक्ने, हिमाल चढाउने या होटेल चलाऊने हुन्  आखिर यही पर्यटकको भरले त त हो यहाँको ज्यादा जीवन धान्ने ।
फेरिचे । बाटो भरी नै निर्माण कार्य धमाधम थियो । 

खुन्दे - खुम्जुङ बाट आधी घण्टा को दुरी मा रहेको रमाइलो भ्यु पोइन्ट 






फोटो त खिच्नै पर्‍यो । 







हामी तीन बैनी 

फेरिचे र जङली फुल प्रिमुला ।