Posts

Showing posts from September, 2015

एक आपसमा लडिरहेका देशबासीहरु र लडाइरहेकाहरु

न पुलिसलाई मधेशी जनतासँग कुनै रिसइवी  थियो/छ न त मधेशी जनतालाई पुलिस सँग केही रिसइवी थियो/ छ । तर पनि आज प्रहरी र मधेशी जनता एक अर्का सँग एसरी लडिरहेका छन् जस्तो वहाँहरुको सदियौ देखी को केही ठुलो झगडा नै थियो । मधेशी  जनताको रिस त अधिकार पाउँ  भनेर नेपालका एक दुइटा महान नेताहरुसँग पो थियो जस्ले काठमाडौं को सुरक्षा र आराममा चुनावमा आफ्नो  सिट सुरक्षित गर्नका लागि मात्र संबिधान ल्याउन खोज्दैछन  । एउटा पुलिस, एउटा मधेशी,  एउटा बालक, एक महिला - हाम्रा दाजु भाई छोरा दिदी । मरिरहेका छन् दिन दिनै । र यो देश निस्किनै नसक्ने खाल्डोमा जाकिदैछ । तेही पनि हाम्रा नेताहरु शायद आफु प्रधानमन्त्री रहिरहने वा भबिस्यमा बन्न सक्ने जोखना नै हेर्दैछन्  । कतिवोटा लाश गनी सकेपछी यि नयाँ राजाहरुलाई होश आउनेछ  ? एक आपसमा केही झै झगडा नभएको जनतालाई भीडाएर आज एस्तो स्थिती अाइसक्यो कि घाइतेलाई ambulance बाट निकालेर मारिदैछ भने सडकमा खेलिरहेको बालकलाई ताकी ताकी गोली हानिदैछ । तै पनी यो स्थिती सबै रोक्न सक्ने मानिसहरु उखान टुक्का भनेर "आप झर्दै गर्छ" भन्न मै ब्यस्त छन् । पुलिस नभये आर्मी परिचालन भन्दै