Posts

Showing posts from July, 2016

संघर्श, चुनौती अनी कथा फरक यौनिकता भएका बद्री दाईको

Image
गत हप्ता बद्री पुनको  जीव न  कथा र नेपाल मा LGBTI को आन्दोलनको बारेमा कुराहरु सुन्ने मौका मिल्यो । त्यस बसाइमा बद्री पुन र ज्योति थापा दुई जनाबाट नेपालमा LGBTI  त्यस्मा  पनि transgender समुदायको बारेमा धेरै कुराहरु सुन्ने बुझ्ने मौका मिल्यो । यती गहिराइमा मैले यो बिषयमा प्रस्तुती सुनेको पहिलो पटक थियो । उक्त प्रस्तुती अरुलाई पनि जानकारी मुलक हुने लागेर यहाँ केही  भाग  सम्पादित text को रुपमा र पुरै प्रस्तुती भिडियोमा राखेको छु ।  Badri Pun (L) and Jyoti Thapa (R) “१. २०४४ सालमा गेम खेल्दा खेरि हामी पुरुष स्वभाव भएको एक समुह थियौं राम्री केटी देख्नै नहुने खोसाखोस गरिहाल्ने । अरु कुरा थाहा थिएन ।  २. २०४६ मा बहुदल आउँदा सम्म पनि एकदम हेला गथ्र्यो । काठमाण्डौंमा सामाखुशीमा एउटा कोठामा भाडामा बसेको थिएँ । त्यहाँ साथीहरुले केटी ल्याउने गर्थे । एकदिन एकजना साथी (transgender) केटी खोसेर लग्दा हामी लिन गयौं तर पुलिसले यस्तरी कुट्यो कि एक हप्तासम्म त विरामी नै भयौं । त्यतिखेर बेस्मारी दुःख लागेको थियो । ३. त्यतिखेर मैले महशुस गरें यो पुरुषसंग नै विहा गर्नपर्छ भन्ने सिस्टम को विरोधम