संघर्श, चुनौती अनी कथा फरक यौनिकता भएका बद्री दाईको
गत हप्ता बद्री पुनको जीवन कथा र नेपाल मा LGBTI को आन्दोलनको बारेमा कुराहरु सुन्ने मौका मिल्यो । त्यस बसाइमा बद्री पुन र ज्योति थापा दुई जनाबाट नेपालमा LGBTI त्यस्मा पनि transgender समुदायको बारेमा धेरै कुराहरु सुन्ने बुझ्ने मौका मिल्यो । यती गहिराइमा मैले यो बिषयमा प्रस्तुती सुनेको पहिलो पटक थियो । उक्त प्रस्तुती अरुलाई पनि जानकारी मुलक हुने लागेर यहाँ केही भाग सम्पादित text को रुपमा र पुरै प्रस्तुती भिडियोमा राखेको छु ।
Badri Pun (L) and Jyoti Thapa (R) |
“१. २०४४ सालमा गेम खेल्दा खेरि हामी पुरुष स्वभाव भएको एक समुह थियौं राम्री केटी देख्नै नहुने खोसाखोस गरिहाल्ने । अरु कुरा थाहा थिएन ।
२. २०४६ मा बहुदल आउँदा सम्म पनि एकदम हेला गथ्र्यो । काठमाण्डौंमा सामाखुशीमा एउटा कोठामा भाडामा बसेको थिएँ । त्यहाँ साथीहरुले केटी ल्याउने गर्थे । एकदिन एकजना साथी (transgender) केटी खोसेर लग्दा हामी लिन गयौं तर पुलिसले यस्तरी कुट्यो कि एक हप्तासम्म त विरामी नै भयौं । त्यतिखेर बेस्मारी दुःख लागेको थियो ।
२. २०४६ मा बहुदल आउँदा सम्म पनि एकदम हेला गथ्र्यो । काठमाण्डौंमा सामाखुशीमा एउटा कोठामा भाडामा बसेको थिएँ । त्यहाँ साथीहरुले केटी ल्याउने गर्थे । एकदिन एकजना साथी (transgender) केटी खोसेर लग्दा हामी लिन गयौं तर पुलिसले यस्तरी कुट्यो कि एक हप्तासम्म त विरामी नै भयौं । त्यतिखेर बेस्मारी दुःख लागेको थियो ।
३. त्यतिखेर मैले महशुस गरें यो पुरुषसंग नै विहा गर्नपर्छ भन्ने सिस्टम को विरोधमा भएँ । तर त्यतिखेर सम्म पनि समलिंगी विहे भन्ने दिमागमा नै थिएन ।
४. ब्लु डाइमण्ड सोसाइटीको बारेमा सन् २००५ मा मात्र थाहा पाएँ । त्यहाँ जाँदाखेरि बल्ल मैले आफू जस्तै अरु धेरै मान्छेहरु भेटें ।
५. ब्लु डाइमण्डले त्यतिखेर तेस्रो लिंगीको पहिचान भनेर लागेको थियो । मलाई चैं महिलासंग विहे गर्न पाउनु पर्ने अधिकार चाहिएको थियो । केटीको अंग लिएर जन्मिए पछि केटा नै विहे गर्नुपर्छ भन्ने कहाँ लेखेको छ ?
६. यसरी पहिचान र समलिंगी विहे दुइटा मुद्धामा हामी लाग्यौं । सर्वोच्च अदालतले पनि पहिचानको पक्षमा फैसला गर्यो ।
७. तर समलिंगी विवाह भने हालसम्म पनि वैधानिक भएको छैन । हाम्रा सभासदहरुले नर्वेमा गएर अध्ययन गरेर रिपोर्ट पनि तयार भएको छ । तर त्यो सार्वजनिक गरिएन । प्रम कार्यालयमा मुख्य सचिवको कार्यालयमा नै त्यो ड्राफट थन्किएको छ । फेरि अदालत जान्छु भनेर मैले अरु पनि साथीहरु लगेर जाँदा भनेपछि एकदिन मिटिगं राखेर हामीलाई देखाइयो । अनेक मन्त्रालयबाट स्विकृति लिनुपर्ने समन्वय गर्नुपर्ने यस्तै भनेर सार्वजनिक गरिएन । त्यस ड्राफटमा समलिंगी विवाह स्विकृत गर्नु भन्ने थियो ।
८. त्यसपछि नयाँ संविधान आयो अनि यो नयाँ कता के गर्ने भनेर त्यही बहानामा उक्त draft त्यत्तिकै थन्काइयो ।
९. धेरै ब्लु डाइमण्डका साथीहरु संयुक्त अनि एमाले हुँदै अहिले नयाँ शक्तिमा जानुभएको छ । यसमा दुइटा कुरा छ । एउटा घरमा सुरक्षा नभएर अर्को घरमा सरेको हो । तर अर्को पाटोमा विरालोले गुँड सारेको जस्तै पनि भएको छ ।
१०. म एमालेमा छु तर मलाई पनि चित्त बुझेको छैन । मैले सुनेको एमालेले नै हाम्रो समुदायको draft को कुरा forward नगरेको हो । मैले एमालेमा गएर कुरा गरें । यो कुराले त पार्टीलाई नै पनि घाटा लाग्छ किन यस्तो गरेको भन्दा संविधानको धारा १८ र ४२ मा हालेको छ तपाइहरुलाई त्यो भन्दा तपाइहरुलाई अरु के चाहियो भन्ने जवाफ आयो ।
११. त्यो दुइटा धारा भनेको समानताको हक र सार्वजनिक न्यायको हक हो । कसैलाई पनि समान अवसरबाट वन्चित गरिने छैन र पछाडि परेका महिला, जनजाति, अपागं, किसान, युवा आदि अनेकौं समुदाय यो सबैहरुलाई समावेशिताका आधारमा समेटिनेछ भन्ने हो । यतिले मात्र हामी फरक यौनिकता भएकाहरुको खास मुद्धालाई कहाँ समात्छ त?
१२. यही सिर्फ २ वटा धारा छ । मलाई पनि चित्त बुझेकै छैन । पहिले २०४७ संग तुलना गर्यो भने पहिले केही थिएन खाली हिंसा थियो हामी प्रति । ६२/६३ पछि मानव अधिकारको आँखाबाट हेरियो र तुलना गर्दा राम्रो भएको छ । तर यतिले मात्र अझै पुग्दैन ।
१३. मात्र “खाइदिइस्” भन्दा अँ भन्ने मात्र भयो । किन यस्तो भयो भन्दा खेरि हामी विच नै एकता छैन ।
१४. मेरो भविष्य खै ? ४० वर्ष काटिँसके । मेरो सोच जो सग बाँच्दा जिउँदा मलाई सहज हुन्छ उसैसंग जिन्दगी विताउन पाउनु पर्यो । भट्टिमा एकछिन चिया खाएको जस्तो हो र जिन्दगी ? यो लामो जिन्दगी विताउन त आफुले रोजेको कुरा हुनु पर्यो नि । त्यसकारण मैले रोजेको मान्छेसंग जिन्दगी बिताउन पाउनु पर्छ भन्ने मेरो इस्यु हो ।
१५. मैले नागरिकता लिएर फर्कदा मेरै एकजना साथीले सोधे, “what is third gender, we dont know!” आफुले त्यत्रो संघर्ष गरेर पाएको अधिकार उपभोग गर्ने बेला साथीहरु यस्तो विचार राख्नुहुन्छ ।
१६. हामीले Miss Beauty र Mister Handsome पनि गर्यौं ।
१७. HIV AIDS कार्यक्रम को लागि World Bank/UNDP बाट ठुलो बजेट आयो । तर त्यसले लेस्बियनलाई कतै पनि छोएन । दश कोष टाढाको heterosexual डाक्टर, कर्मचारी छ अनि कहाँ बाट हुन्छ त ? लेस्बियनलाई किन समाबेश नगरेको भन्दा लेस्बियनलाई एड्स हुँदैन भन्यो । म जस्तो transgender कति drug user छ उनीहरुलाई हुँदैन एड्स ? कति bisexual छन् , यता बुढा छोराछोरी भएर पनि उता तरुनी लिएर हिँड्ने । उता बुढी छोराछोरी बनाएर पोइ सँग हिड्ने छ । उनीहरुलाई हुँदैन एड्स ? नहुने कुरै छैन ।
१८. ल त एड्स को भैगो reproductive health को फोकस गर न भनेको प्राय को पाठेघर भए पो कार्यक्रम गर्ने भन्छ । तर हामी जस्तो को कति समस्या छ । पाठेघरबाट रगत बग्ने , महिनावारी नहुने, छातीमा गिर्खा हुने । कति त विदेशबाट फर्किएर आउनु परेको छ ।
१९. म पुरुष स्वभावको छु तर मेरो अंग महिलाको छ । यहाँ मेरो साथी ज्योति उसको अनुहार यति राम्री छ अंग भने पुरुषको । प्रकृतिले नै यस्तो ठगेको छ हामीलाई । ठ्याक्क उल्टो । समाजले पचाउँदैन हामीलाई, घरबाट निकाल्ने, स्कुल समाजमा अपमान गर्ने । थाइल्याण्ड मा खोजी खोजी राख्छ हामी जस्तोलाई तर यहाँ सामान्य रेस्टुरेन्टमा पनि काम दिंदैन ।
२०. LGBTI को कुरा मानव अधिकार वालाहरुले पनि उठाउँदैनन् । हामी ओझेल ओझेल हुँदा हुँदा यो साल त बजेट पनि छुट्याएनन् । बाबुरामको पालादेखि छुट्याएको केपीले पनि सम्बोधन गरेको थियो तर बजेट भने छुटिएर आएन यसपालि ।
२१. समाज कस्तो छ भने । ज्योतिले अहिले कपाल काटेर गयो भने जस्ताको तस्तै हुने उसलाई छोरा नै हो भनेर स्विकार गरिहाल्ने । तर म म्याक्सी नै लगाएर गए पनि किन काटिस् कपाल ? अहिले विहे गर भनेर हैरान । पुरुषबादी समाज यस्तो हुन्छ ।
२२. १४ देश घुमेको अनुभव छ । त्यहाँ पनि मैले पुरुषवादी समाजले कसरी काम गर्छ देखेको छु । Gay भन्यो भने फालाफाल कार्यक्रम । Lesbian लाई मुश्किलले त्यही १५ प्रतिशत जति कार्यक्रम जान्छ । जहाँ पनि पितृसत्ताले यसरी गाँजेको छ । त्यस्तोमा हामी झन फरक यौनिकता भएकालाई कति गाह्रो छ । समाजमा स्विकार छैन, विस्थापित भएर बस्नु परेको छ । छोरीको हिसाबमा न त हामीलाई अंश छ न त राज्यमा अवसर छ । Gay/Transgender Male लाई त अहिले कपाल काटेर एउटा केटी ल्यायो भने आखिर मेरो छोरा त छोरा नै हो नि भनेर तुरुन्त स्विकार्छ ।
२३. राज्य, अधिकारवादी, कसैले साथ दिंदैन हामीलाई । समाजमा स्थापित हुने हो भने हाम्रो एउटा मात्र विकल्प भनेको लडाइ गर्नु नै हो । राज्यसंग हाम्रो अधिकारको लागि संघर्ष गर्नु नै पर्छ । त्यसकारण तपाइहरुले पनि हामीलाई साथ दिनुपर्छ । अहिले यहाँ उपस्थित जति जना हुनुहुन्छ सबैले सबै फोरममा LGBTI को कुरा राख्नु भयो भने त्यसरी नै फैलिदै जानेछ र घर घर सम्म पुग्नेछ र सबैले हाम्रो कुरा थाहा पाउनेछन् । हाम्रो संघर्ष र आन्दोलनको लागि भविष्यमा यो कुरा पनि धेरै धेरै सहयोगी हुनेछ । “
बद्री पुन को प्रस्तुतीको महत्वपूर्ण हरफहरु सम्पादन गरी राखिएको । कृपया पुरा प्रस्तुती सुन्नको लागि तलको भिडियो हेर्नु होला ।
Comments
Post a Comment